रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान
पाेखरा | असार २२, २०८२
पोखरा: रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिनुभयो । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका रेष्टुरेण्ट तथा होटलका भान्साघरमा उल्लेख्य सुधार आएको बताउनुभयो ।
पाहुनाहरूलाई स्वस्थकर खानाले स्वागत गर्नका लागि रेवानले बेलाबखत आफु मातहतका रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूलाई खाद्य सचेतना सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाउनुभयो ।
के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताउनुभयो । कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदिप काफ्लेले तालिममा सहजिकरण गर्नुभएको थियो ।
एकदिन तालिममा विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफहरूले भाग लिएका थिए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममाथि प्रकाश पार्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

